(१) प्रधान न्यायाधीश वा न्यायाधीशलाई पदीय कामको सिलसिलामा चोटपटक लाग्न गई निजले सेवाबाट अवकाश लिनुपर्ने नभए तापनि सो चोटपटकको कारणबाट निजको क्षमतामा वाधा पर्ने भएमा त्यस्तो प्रधान न्यायाधीश वा न्यायाधीशलाई लागेको चोटपटकको गम्भीरतालाई विचार गरी दश हजार रुपैयाँसम्मको एकमुष्ट रकम आर्थिक सहायता दिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको निमित्त प्रधान न्यायाधीश वा न्यायाधीशले कुनै पनि सञ्चित बिदाबाट बिदा कट्टा नहुने गरी पूरा तलब सहितको थप विरामी बिदा पाउनेछ ।
(३) उपदफा (२) बमोजिम उपचार गराउँदा लागेको उपचार खर्चको शतप्रतिशत रकम त्यस्तो प्रधान न्यायाधीश वा न्यायाधीशले पाउनेछ र यसरी उपचार गर्दा भएको खर्च दफा ३१ बमोजिम निजले पाउन सक्ने उपचार खर्चबाट कट्टि हुने छैन ।
(४) प्रधान न्यायाधीश वा न्यायाधीशले जानाजान आफ्नै गम्भीर लापरवाहीको कारण चोटपटक लगाई अङ्गभङ्ग भएकोमा यस ऐन बमोजिमको सुविधा पाउने छैन ।